हामी हौ गौशाला २६
किन ?
किनकि
हामीले कसैलाई आदर्श व्यक्ति मानेका थियौं
हामी हाँस्दै गएका थियौं
हामी उ एक्लै बसेको कोठामा बसेका थियौं
हामी उसलाई असाध्यै माया गर्थेउँ
हामी कोही ८, कोही १२, कोही १६, कोही १९, कोही २०, कोही २२ वर्षका थियौं
हामी ले रक्सि पिएका थियौं
हामीले आफूलाई मन पर्ने लुगा लगाएका थियौं
हामी हाँस्दै आएका थियौं
तर
साथि
उनीहरुले हेण्ड्सेक गरेको मा हामी खुसि थियौ तर हेण्ड्सेक गर्दा गर्दै हाम्रो छातीमा उनीहरुले पुर्याएका आँखा र गरेका इसारामा हामी खुसि थिएनौं
हाम्रा बेखुसी व्यक्त गर्दा कसैले सोधे
अनि किन हेण्ड्सेक गरेकी त ?
नातेदार
आमा संग जिद्दी गरेर, उनीहरु संग हामी हाँस्दै हाँस्दै हात समातेर मेला घुम्न जादा खुसि थियौं
हात समात्दा समात्दै हाम्रो शरीरका गोप्य अंग पनि समातिदा हामी खुसि थिएनौं
हाम्रा बेखुसी व्यक्त गर्दा कसैले सोधे
अनि किन हात समातेर हास्दै गकी त ?
प्रेमी
त्यो उमेर त्यो उमंग नयाँ नयाँ प्रेम उसले दिने प्रेमका विश्वाश सबै सपना जस्ता थिए , संगै होटल जादा उत्पात खुसि थियौं
संगै बियरको ग्लास को चियर्सले अर्कै खुसि दिएको थियो तर बियरको बिर्को संगै खोलिएको हाम्रो कपडामा
हामी खुसि थिएनौं
हाम्रो बेखुशी व्यक्त गर्दा कसैले प्रश्न गर्यो
किन होटल गएकी ? किन रक्सि खाएकी?
सहजकर्ता
कक्षाबाट गुरुले उत्कृष्ट छात्रा भन्दै महिला हिंसा न्यूनीकरण नामको कार्यक्रममा पठाउँदा हामि खुसि थियौं
हाम्रो सहजकर्ताले छुनु मात्र हैन नराम्रो तरिकाले बोलाउँदा, जिब्रो पट्काउँदा पनि हिंसा हुन्छ भनेर सिकाउँदा खुब सहज महसुस गरेका थियौं
तर त्यहि साँझ कौशीमा गफ गरिरहेको बेला तिम्रो शरीर नै तेस्तो दोषी छ कसैले नछोई बस्न सक्दैन भन्दा पटक्कै सहज महसुस गरेका थिएनौं
मन परेन भन्दा कसैले प्रश्न गर्यो ,
अनि एक्लै छोरी मान्छे भएर कहाँ हिडेकी त घर बाट टाडा ?
किन बेलुका ?
किन कौशीमा ?
के लुगा लाको थिस र ?
अनि किन एस्तो मोटाएकि त ?
सल किन नओडेकी ?
हामीलाई यी प्रश्न हरु पनि मन परेनन्
किन ?
किनकि
उनीहरुलाई,
हेण्ड्सेक गर्न हात दिँदा छाती हेर्ने अनुमति हामीले कतिबेला कसरि दियौ ?
हाँसेर हात समात्दा गोप्य अंगमा छुने अनुमति हामीले कति बेला कसरी दियौं?
बियरको बिर्को खोल्दा लुगा खोल्दिने अनुमति हामीले कति बेला कसरी दियौ ?
हिंसा बारे सिक्न खोज्दा खोज्दै हिंसा गर्ने अनुमति कतिबेला कसरी दियौं ?
किशोर अवस्थाको उमेर थियो। एकदम उत्साहित भएर कतै गइयो कोही आफूलाई एकदम माया गर्ने मान्छे भेटियो
माया गर्ने छिमेकी काका, माया गरेर पढाउने शिक्षक, माया गर्ने नातेदार, यस्तै कोही माया गर्ने मान्छे। हासेर गइयो –हासेर फर्कियो – पछि सम्म नै हाँसेरै बोलियो– ति माया गर्ने मान्छे पनि हासिरहे!
हाँसेर गइयो र हाँसेर आइयो को बीचमा अरु पनि केही थियो
एउटा समय थियो
दिन या रात थियो
कसैको साथ् थियो
प्रेमी, साथी, बुवा, काका, मामा, देवर, जेठाजु , गुरु,
कोही पुरुष जो हाम्रो लागि आदर्श थियो, सबै भन्दा प्रिय थियो, सबै भन्दा विश्वशिलो थियो,
ति जो हाम्रा लागि आदर्श थिए तिनका औँलाहरुले आदर्श लेख्न सिकाएनन् बरु हामीलाई दुख्ने गरि घोचे
प्रेम सम्झिएका हातहरुले प्रेम छोडी सबै काम गरे,
मिठो चकलेट खान दिने हात ले नमिठो गरि छोए
यो समय मा हामी बिचलित भयौं, हाम्रा शरिर संगै हाम्रा मन दुख्न थाले
हामीलाई अत्यन्त पीडा भयो, हामी प्रतिकार गर्न चाहन्थ्यौं
हामीमा क्रोध थिया
घृणा थियो
रिस थियो
हामीले नाइँ भन्यौं
यो सब देखेर उनीहरु अट्टाहस हाँसे
किनकी उनीहरु मर्द हुन् उनीहरुलाई यो सब अधिकार छ भन्ने लाग्छ
उनीहरुलाई हामी उनीहरुका सिकार हौं भन्ने लाग्छ
उनीहरुलाई हामी नजिक हुनु भनेको जे गर्न पनि अनुमति दिनु हो भन्ने लाग्न
उनीहरुलाई हाम्रो अस्वीकृती सँग कुनै मतलब छैन
उनीहरुलाई प्रतिकार गरे हामी आफैं समाजबाट अपमानित हुन्छौं भन्ने थाहा छ
उनीहरुलाई यो पनि थाहा छ कि
समाज ले उनीहरु संग उत्तर खोज्दैन
प्रश्न गर्दैन
र समाजले हाम्रो प्रश्न सुन्दैन
त्यो हाँसो मा कसैले प्रेम मिसाएका थिए कसैले धम्कि
कसैले अनेकौ बिन्ति, कसैले रिस कसैले केही आश्वाशन
कसैले केही प्रलोभन
यी सबै मिश्रण बात भयभित हामी सम्झन्छौं
पितृसत्ता बाट झेलिएको हाम्रो समाज
हाम्रो चरित्रसँग जोडिएको आफ्नो परिवारको इज्जत
समाजको बहिष्कार र अपमान
आफ्नो सपना
आफ्नो भबिष्य
धेरै ले धेरै कुरा धेरै पटक सम्झे
अनि आफैंलाई पश्न गर्न थाल्यौं
हामी किन याहा आयौं?
हामीले किन यस्तो लगायौं?
हाम्रो शरिर नै किन यस्तो भयो?
हामीले किन प्रेम गर्यौं?
कोही कसै पुरुषलाई आदर्श ठानेर किन नजिक भयौं?
हामीले किन चकलेट खायौं?
हामी किन जन्मियौं?
तेसैले हाँस्दै आयौं– हास्दै गयौं
बाँकि रहयो त केवल छाती भित्र गुम्सिएको क्रोध
त्यसलाई पनि हाँसोको लेपन लगायौं हामीले
त्यो हासो भित्र एउटा अपराध लुकाइएको थियो।
नलुकाउँ कि भन्ने नसोचिएको पनि हैन, तर समाज का एकथरीले सोध्लान नि
किन गएकी त हाँस्दै, किन जामा लगाएकी त ? खै त प्रमाण ? अनि किन नरोएकि? खै त शरिरमा घाउ? खै त कपाल लुछिएको ? खै त बचाउ गुहार भनेर चिच्याएको?
यस्ता अनेकन प्रश्नहरुले ती लाचार बनाइएका हामी छोरीहरुको कयौं रात को निन्द्रा खोस्यो, कयौंको सास खोसियो, कयौंको आश खोसियो, कयौंको जिन्दगीभर पुरुषलाई गर्ने विश्वाश खोस्यो।
र यसरि बन्यौ हामि हिजोका गौशाला २६ !
हिजोकी गौशाला २६ ले आज कि गौशाला २६ को आट र हिम्मत देखेर हाँसेर निभाइएका ति क्रोधका ज्वालाहरु बाहिर ल्याउन खोज्दि हुन्, अनि बाहिर छताछुल्ल भएका बिमारी पुरुषत्वले ओकलेको बान्ता देखेर बिहानीको क्रोध पनि साझ तिर आँसु भइ बिहानसम्म मा फेरी हाँसो हुदा हुन्।
हिजो कि
आज कि
हामी सबै गौशाला २६ हरुलाइ प्रश्न हैन उत्तर चाहिएको हो। प्रश्न गर्न बन्द गरौ
र भोलि
कसैले गौशाला २६ बन्नु नपरोस !