" विहान ६ बजे देखि दिउँसो २:४० सम्मको जसो तसो कलेजको समय सकियो। हतार हतारमा RNAC देखि कीर्तिपुरको गाडी चढि काेठा आईपुगे कलेजको झोला छेउमा राखेर मोबाइल हेर्दै बसेको थिए । घडिले साझको ५:३० बजाई सकेकाे थियाे , साथीको फोन आयो, "चिया पिउन आई हाल, हाम्रो जङ्सनमा।" मैले हेलो भन्न नपाउदै उस्ले यत्ती भनेर फोन राख्यो। म पनि बसेको ठाउँदेखि उठे मुख धुन भनि १ मग पानी लिएर बाहिर निस्किए। मुख धोइएर कोठामा आए, लगाएको सर्ट ठीकै लाग्यो पाईन्ट मैलाे भए झै लाग्यो भित्तामा झुन्डिएर बसेका पाइन्ट हेरे पाइन्ट पनि सबैभन्दा फोहोर मध्येको नि कम फोहोर वाला पाईन्ट लगाए कारण कपडा नधोएको हप्ता दिन बढी भैसकेको थियो। कपाल मिलाउन भनी झ्यालमा झुन्डाएको ऐना अगाडि उभिए। त्या मैले आफ्नो अनुहार भन्दा नि पल्लो घरमा बसेर मै तिर एक टकले हेरिरहेकि पल्लो घरकी पापाकी परिलाइ देख्दा मेरो मन -७२ सालको भूकम्पले भन्दा नि बढी हल्लियो । कारण मेरो इज्जत !! मैले रूममा पाईन्ट फेर्दाको क्षण यहीँ सोच्दै गर्दा मोबाईलममा रहेको, "तुम प्रेम हो , तुम प्रीत हो, राधा..!" भन्ने रिङ्ग टोन बज्यो साथीको रैछ् उठाए र म पुग्न लागि सके भनेर यो पाली उ बोल्न नपाउँदै मैले फोन काटे ।
जसो तसो कपाल पनि ऐना नहेरी हातले मिलाउदै कोठा बाहिर निस्किए। उ भए तिर हेरे। उम्म्हुम्म..! उस्का नजर म देखि हटेनन मैले वास्त नगरे झै गरेर सरासर चिया पसल पुगे। त्या साथीले पर्खी रहेको रछन्। २ कप चिया अर्डर गरे मोबाईल चलाउँदै । यो पाली अलि गर्मी छिट्टै गर्यो है भन्दै मौसमको कुरा गर्दै थियौं। आखिर चियासङ्ग मौसमको डाईरेक्टिली प्रोपोस्नल सम्बन्ध थियो ।
यत्तिकै कुरा गर्दा मेरो अँखा मेरो अगाडी बसेका १ प्रेमिल जोडीमा ठोकीए। उता उनीहरुको प्रेम चल्दै रहेछ। केही समयको अन्तर राखेर घरी ओठमा, घरी निधारमा, घरी गालामा त घरी चोर औंला र माझी औंलाली चेपेर राखेको चुरोट् समातेका हातमा । मैले साथीलाई कोट्याउदै उता तिर इसारा गरे। उस्ले मैले नि अघि देखि यहि हेरि बसेको छु भन्ने प्रतीउत्तर दियो । यस्तो कुरामा अघि पछिको भन्दा गज्जबको Vibes मिल्ने गर्छ केटाहरुमा भन्ने कुराको LHS=RHS प्रमाणित पनि मेरो मनले त्यति बेलै ५ सेकेन्ड भित्र गर्यो।
म एक छिन हेरिरहे साथी मोबाईल हेर्दै News सुनाउँदै थियो । प्रेमिकाले म भए तिर हेरी अनि म उ भए तिर त्यो पछि त्यस जोडीको समयान्तरको कार्यमा केही फरकपन आउन थाल्यो जति बेला उता कार्य सुरु हुन्थ्यो मेरो अँखा त्यै अड्किन्थे अनि त्यो प्रेमिकाका म सङ्ग । लगातार ५..७ मिटेनको यहि प्रक्रिया पछि उस्ले आफ्नो प्रेमिलाई कान नजिक गएर केही भने झै गरि अनि उस्को प्रेमीले मलाई Discovery channel मा आउने Man vs wild मा Bear grylls ले काचै जनावर खाए झै खाउला गरेर हेर्यो। मैले मुन्टो तल बनाउँदै थिए। चिया नि आयो साथी सङ्ग कुरा गरे झैँ गरेर चिया पिउन थाले।
केही समय पछि फेरि उही कार्य उता दोहोरिए पछि यता नि दोहोरियो, हेर्ने!! यो पाली उनिहरुका फोर Vs मेरा टु आँखा भए । मन हल्लियो थररर् ..! साथी र आधी कप चिया त्यै छोडी मेरो काम पर्यो भनी निस्किए । बाटोमा बेलुकाको तरकारी किन्न जाने मन्डिमा पुग्दा सम्म पछि - पछि हेर्दै हिँडे कारण उहि आउला र मलाई कर्याप झ्याम मा देला भन्ने डर। तरकारी मण्डीको दिदिले पहिले नै मैले भन्न नपाउदै मेरा अँखा गएका तरकारी हाली दिइन उही भिण्डी र आलु। उनीलाई था थियो राम्रै सङ्ग मेरो तरकारीको रुटिन। था नि कसरी नहोस् ! बिगत ३..४ वर्षदेखि तरकारी किन्ने पसल र तरकारी बेच्ने मालिक्नी नै एउटै परे पछि।
बाटोमा आउँदै थिए उही भेटिई मेरो अगाडी म झल्यास्स भए झ्याल काण्ड सम्झाइ दिई पाप्पाकी परिले । उ हाँस्दै निहुरिएर साथी सङ्ग बजार तिर लागि । म लजाउँदै काेठा पुगेँ । झ्यालको पर्दा चुकुल सबै लगाईदिए अनि मोबाईलमा "घर त मेरो यहाँ होईन, हिमाली पाखामा।" भन्ने नारायण गोपालको गीत मोबाईल सङ्गै गुनगुनाउँदै खाना पकाउन लागे । तरकारी पाकी सकेको थियो कुकरको सिटि झर्ने पर्खाईमा थिएँ । पर्खाई त गाह्रो हुन्छ भन्ने त्यै सिटिलाई पर्खिँदा अनुभुती हुन्थ्यो मलाई अक्सर। बाँकी त कहिले कसैलाई पर्खिए पो हुनु ।
मोबाईलमा उही, तुम प्रेम हो तुम प्रीत हो धुन बज्यो यसो हेरे नचिनेको फाेन थियाे, उठाएन। फेरि आयो उठाएन। तीन पटक मा उठाएँ।
उ : " के हो? फोन नउठाउने, आलु भिण्डि पाक्यो?" भनेर उता देखि कहिल्यै नसुनेको केटिको आवाज कानमा गुन्जयमान भयो।
म : "उम पाक्यो, सुतेको थिए ।"
उ : " कति छिट्टै ?मेरो सपना देख्नु भएको हो।" उता देखि धम्किपूर्ण सवाल पनि आफैं जवाफ पनि आफैँ आउन थाले।
म : " नाई देखिन ।"
उ : " मेरो सपना नदेख्ने भए किन सुतेको त ?"
म : "हजुरलाई नै चिनेको छैन कसरी देख्नु?"
एक खित्का हाँसो आयो फोनैमा। के भन्ने लागेर फोन काटी दिए। एक छिनमा, के लाटो हुला म ? को हो? नचिनेको, न केई, न केई? के उत्तर दिए भन्ने लाग्यो । उठेर खाना पस्किने तरखरमा थिए, उहीँ राधा कृष्णको प्रेम कहानी वाला धुन मोबाईलमा बज्यो उठाएन, फेरि बज्यो फेरि उठाएन, फेरि बज्यो फेरि उठाएन, फेरि बज्यो उठाए फरक नचिनेको नम्बर थियो ९८६८२...०९८ वाला अनि उही रहिछ अखिनको अहिले मैले हेलो भन्न नपाउँदै,
उ : "म तपाईको ढोका बाहिर छु आउनु न ।"
हे भगवान...!
म : " आउने भए भित्रै आउनु को हो ? मलाई था छै।"
फोन काटी दिए ..! मनमा हल्का - हल्का डर लाग्न थालि सकेको थियो उही चिया पिउने काण्ड सम्झिँदा, घरमा के भन्ने? मलाई कसैले पिट्यो भन्ने था पाए के हुने हो घरमा? यहि सोच्दै डराउँदै थिए। उता भने ढोका ढ्ग..ग..ढग..! ढ्ग..ग..ढग..! गर्न थाली सक्यो के गरु?कसो गरु? भन्ने भयो फेरि पनि ढोका ढ्ग..ग..ढग..! ढ्ग..ग..ढग..! उस्स्स्स्स्स के भको मलाई यत्रो हुँदा नि बेहोस हुँदिन त भन्ने ख्याल आएको थियो। ढोका हो कि मेरो मन हो त्यसरी ढ्ग..ग..ढग ..! गर्ने केई ठम्याउन सकिन..! जे परे पर्ला भनेर तरकारी काट्ने चक्कु समातेर ढोका खोले । " ह..! पाप्पाकी परी..! " मुख देखि बोल्छु भनेको शब्दनै थिएन यो लुकेर बसेको रैछ मौका पायो फुत्त आयो "पाप्पाकी परी।" उ त्यै ढोका निरै हास्न थाली केही मैले बोलेको शब्द सुनेर बढी मेरो अनुहारको एक्प्रेसन अनि हातमा चक्कु देखेर सायद..! आफुलाई नर्मल गराउँदै, "भित्र आउनु भने..!" भित्र आएर कुर्सिमा बसि थोरै लजाउँदै सायद धेरै अप्ठेरो मान्दै..! केही थियो हातमा मलाई इसारा देखाउदै "म गए पछि हेर्नू ।" भनेर पढ्ने टेबलमा राखी दिई" मेरो नाम पाप्पाकी परि होइन, मन्दिरा ..!मन्दिरा महर्जन हो।" भनेर हतार गर्दै निस्केर गै, उ त निस्किई मलाई थुनेर, मनमा शङ्का उब्जनी गर्देर । सोच्दै थिए साथीको फोन आयो उठाए " तेरो नम्बर तेरो घरको उता पट्टिको घरबेटिको छोरी , मन्दिराले माग्थी दिएको थिए अघि चिया पिएर फर्किदै गर्दा ।" "कसरी था भयो तलाई नाम.?" मैले सोधेँ । "था भैहाल्छ नि यार, ल ल राखे फोन " भनेर फोन काट्यो । साले देखिँदा सोझो देखिए नि म भन्दा फरवार्ड छ भन्ने प्रमाणित फेरि गर्यो साथीले । friend रिक्वेस्ट आयो MANDEERAA नाम गरेको अघिकै केटिको फोटो राखेको फेसबूक युजर बाट..! accept गरे एक्कै छिनमा । फोन आयो म्यासेन्जरमा त्यो पनि भिडियो कल, त्यो पनि उही केटिले , त्यो पनि यति राती, त्यो पनि मलाई..! विजय कुसारीलाई ..! हुम्म्म्म्म्म्म्म..! वाला attitude आएको थियो फेरि हुम्म्म्म्म्म्म्म ..! वाला attitude राती घाम नलागे पनि घाममै सुकेर गयो..! उठाए फोन,
उ : " कति ढिलो हो फोन उठान नि?"
म : " नगरी काम पुग्दैन खान साझ र बिहान।" ।
उ : " सुनका थैला, हातका मैला के गर्नु धनले? साग र सिस्नु खाएको बेस आनन्दी मनले ।"
उ : " हेर्नू भयो.?"
म : "उम्म हेरे।"
उ : "के भन्नू हुन्छ त.? "
म : "राम्रो देखिनु भएको छ।"
उ : "छि..!! मैले मलाई भनेको होइन, त्यो मैले राखिदिएको हेर्नू भएको भनेको।"
म : " अब हेर्छु है ..!"
उ : "हस सङ्गै हेरौं है..?" उत्तेजीत हुँदै भनी
खोलेको सुरुमा २ ओटा पाईन्ट रैछ ।
उ : " सधै एउटै नलगाउनु ।"
म कसरी भनु कि उसलाइ मेरो कालो एउटै किसमको ३ ओटा पाईन्ट छन भनेर..? साेचे मात्र भन्न चै हस भने।
उ : "मन मनै पढ्नु मलाई लाज लाग्छ आवाज निकाली हजुरले पढ्दा।"
म : त्यो पनि " हस !"
चिठिमा मनका भावना उही वयस्क बेलामा सबैलाई आउने माया पिरतीका कुरा २७५° (डिग्री ) मा घुमाएर लेखेको रैछन । बुझ्न नि त्यति अप्ठेरो नै लाग्यो जति २७५°(डिग्री) को कोण खिच्न सानो क्लासमा हुँदा लाग्थ्यो मलाई त्यो पनि कम्पासले ...! अन्तिममा भोलि मेरो घरमा पूजा छ आउनु हजुर । बस यहि थियो पत्रको मूल सार..! त्यो रात जिना हराम गराईदिई त्यो नेवार्नी केटिले मेरो । साच्चै ..!! विहान १० बजे उठे कलेज नि गएन त्यो दिन ..! मोबाईल हेरे, म्यासेज आएको रैछन 9+ भनेर म्यासेन्जरमा म्यासेज हेरे, YES कि NO..? मेरो हजुर..! भनेर ८ ओटा थिए। उठ्नु भएन अहिले सम्म? मेरो हजुर ! भनेर ३ ओटा थिए । बाकी, १ पटक video call थियो । यार हिजो त्यस्तो सामान, आज मेरो हजुर छ मलाई के हो यस्तो..!! मनमा यहि कुरा उब्जिरहेको थियो फोन आयो उसैको फेरि, मन नलाई नलाई उठाए..!
उ : " डाडा पारीको घामले हिमालको सिउदो भरी सक्यो, अहिले सम्म सुत्नेले मेरो सिउदो कहिले कसरी भर्नु हुने हो.?
म : " तिम्रो त बेल सङ्ग बिबाह हुन्छ, हैन र.?" हिजो, अस्ति सम्मकाे तपाईं आज सोझै तिमिमा झारेको थिए कारण रिस हो या माया था थिएन..!
उ : " उम्म..! सबैभन्दा अगाडी बेल सङ्गै हुन्छ।
म : " जाउ , त्यै सङ्ग गर।"
उ : "बेल जत्तिकै कडा नहुनु न ।"
म : " सारो बेललाई फोड्न नि नखोज चप्किन्छ ज्यानमा।"
उ : " ह्या मलाई था छैन यिनी कुरा, खै पर्दा खोल्नु झ्यालको, के हो अहिले सम्म पर्दा लगाएर गुम्सिने, आफुलाई यहाँ हेर्न हतार भैसक्यो।"
म : हस..! पर्दा खाेल्दै "अब भयो.?"
उ : " नाई, झ्याल नि खोल्नु।"
म : " प्लिज मेरो इज्जत राख्देउ मैले मुख धोएको छैन, कपाल नि मिलाको छैन ।"
उ : "तपाईको इज्जत त अस्ति हजुरले पाइन्ट फुकाल्दा नै मैले लागि सके।"
वाक्क.. मान्दै झ्याल नि खाेले ।
नुहाएर, टीका लगाएर, मलाई मन पर्ने भेष अनि केश कोरेर केटि बाहिर साच्चै सज्जिएर बसेको छे उ आज । "वा..! क्या परी मान्निएर बसेको छौ त..! " मैले भने ।
उ : " उम्म, तर पाप्पाको होइन हजुरकी परी अब देखि ।"
म : हास्दै, " ल ल फोन राखे म फ्रेस हुन्छु।"
उ : " हस ..! आज यता पूजा छ है आउनु हजुर केई नखाएर ।"
मैले फोन काटी दिए केई नबोली । हात मुख धोएर, कुकरमा दाल लगाएर मैलो कपडा भरी जम्मा गरेर गए बाथरूमा । मोबाइलको उही धुन बजेको बज्यै छ हेर्दै हेरिन ..! अत्ति भयो हेरे उस्कै रैछ..! म : " के भयो?" झर्को माने झै गरेर बोले ।
उ : " कुकरमा के लगाएको ? यता आउनु केई नखाई भनेको होइन.?"
म : " हस् ..हस !!" भन्दै फोन काटे अनि कुकरको दाल नि पाकी सकेको थियो ग्यास बन्द गर्दिए गएर अनि लुगा धुन लागे । लुगा धुने काम सबै सक्किए पछि रूम आएर बस्न के पाएको थिए फोन आयो उस्कै
उ : " सक्किए कपडा धोएर .?"
म : " उम्म सक्किए।"
उ : " ल अब यता आउनु ।"
म : " यति बिहानै !"
उ : " १२ बज्न लागि सक्यो है, कस्तो विहानै हुन्छ र.?"
म :"हस ..!"
उ : " हस होइन हिड्नु म हेर्छु यहि देखि तपाईलाई..!"
मैले आए भने मानिन जिद्दि गरि फोन राखिन बोली रहि म बाहिर गेटमा निस्किदा सम्म । अनि आफै राखी के भन्ने हो गएर ? किन जाँदै छु म ? के होला? यस्तै कुराले मनमा ठाउँ पाएका थिए । गेटमा उ आफै आई लिन अहिले चाहिँ साच्चै उ कुनै सहरीया केटि कम मेरै गाउँ घरको केटि ज्यादा खालको फिल गराउँदै थि मलाई..! हास्दै लगि घरमा परिचय गराई उस्कै घरका सदस्य संग मेरो घर नाम थर सबै । कलेज पढ्ने साथी भनेर अनि सबैलाई जबर्जस्त ब्यापारीक हासो हास्दै नमस्कार गरे मैले ।
उस्काे मम्मी : " अनि बाबू ..! पढाइ के कस्तो हुँदै छ.?
म : " ठीकै छ अन्टि ।"
मम्मी : " अब त सक्किन लाग्यो के छ प्लान?"
म : " खै के गरुँ? त्यस्तो कुनै विचार छैन अन्टि अहिले।"
मम्मी :" कति छ कोर्स सक्किन अब यो सेमेस्टरको.? मलाई था नै छैन तिम्रो छोरी के पढ्दै छे म के उत्तर दिउ तिम्लाई काकी भन्न मन थियो तर भनिन । यो पाली उ आफैंले अब सक्किनै लाग्यो मम्मी भन्दै मलाई ताने झै गरेर उस्को रूम तिर लग्दै हामी यता छौं है .! भन्दै उस्को मम्मिलाई उ लागि अनि उस्को पछि - पछि म ।
पूजा हो भन्छे घरमा कुनै मान्छेकाे भिड्भाड छैन। यता यस्तै हुन्छ नेवारको घरमा भन्ने एक मनले सोच्दै थिए ।आफ्नो रूममा लगेर टीका लगाईदिदै भन्छे कि, " सरस्वती माताले यो भन्दा नि बढी बुद्धि दिउन् , कसैको नजर पनि नलागोस्, मेरो हजुरलाई ! मेरो मन भित्रको मन्दिरमा अर्थान मन्दिरामा सजाएको छु मेरो हजुरलाई। टीका थोरै बाङ्गो भयो तर मान्छे भन्द कम।"
टिकाको थाली टेबलमा राखि हास्दै भनी ,"के खान मन छ मेरो हजुरलाई?" त्यो बेलामा मन त सोझै तिम्लाई काचै चपाउन मन छ भन्न मन लागेको थियो तर भनिन।" के दिन्छौ?" मैले भने उस्ले मिठाई, पुरी यत्ती था थियो दिएका परिकार मध्येका नाउँ मलाई बाकी तोरी, मसुरो हुन कि के हुन त्यस्तैका गेडागुडी थिए। मन नमाने नि मन लगाएर खाए झै गरे.! त्यो पछि यस्तै प्रक्रिया २..३ महिना चल्यो उ मेरोमा आउथी बिना झिजक, जिस्किन्थी, कहिले के, कहिले के भनेर अक्सर खडुस र इगो वाला मान्छे धेरै भनेर..!
सेमेस्टर सङ्गै कलेज लाईफ उस्को सक्कियो पछि था पाए उ BBA पढ्दो रैछ। सक्किएर बाहिर जाने प्रकियामा उ लागि (New-zealand) सधैं भनी रहन्थी म आएर हजुर सङ्ग बिहे गरेर हामी सङ्गै बाहिरै बसौंला । म सुनिरहन्थे उस्ले म प्रती बुनेका उस्का भावनाका संसारहरू । उस्को जाने दिन नजिकै थियो यता मलाई गाह्रो हुँदै गएको थियो। कसरी भनु " माया गर्दैन, म तिमिलाई भनी यहि कुरा मनमा धेरै दिन खेल्ने गर्थो। एक दिन एउटा पत्र लेखे..! प्रीय मन्दिरा ( पाप्पाकी परी) तिमी जुन भावनामा आएर म सङ्ग , यसरी आफू सङ्गै हामीलाई गाह्रो हुने कार्य गर्दै छौ अन्तगत्व त्यसले निम्त्याउने परिणाम भनेकाे मनकाे पीडा नै हाे। अहिले सम्म दिएको यति धेरै माया अनि केयरको लागि तिमिलाई सायद कुनै शब्दको सहाराले धन्यवाद दिने कु- चेष्ठा म गर्न सक्दैन् । ITS REALLY HURTS TO LET GO BUT IT WILL MORE HURTS TO HOLD ON. विजय कुसारी यति पत्र मैले उल्ले था नपाउने गरि उस्कै बूकको बीचमा राखी दिएको थिए। भोलि पल्ट विहानै उ आफ्नो डकुमेन्टेसनको काम गर्न embassy तिर गएको थिइ म त्यै विहान आफ्नो सामान प्याक गरि आफ्नो room चेन्ज गरेर गए । जाने बेला फोन गरे..!
म : " मन्दीरा ..!"
उ : " म ३० मिनेट मा आईपुग्छ है अब मेरो हजुर, आएर कुरा गर्छु हजुरसङ्ग।"
म : " तिम्रो Organizational behavior बूक को बीचमा के राखीदिएको छु हेर्नू है !" यत्ती भनी फोन राखे मोबाईलमा नया सिम राखे अनि एक पटक उ सँधै आउने बाल्कोनीमा हेरे, झलझली याद आउन थाल्यो उल्ले त्यो बाल्कोनीमा बसेर गर्ने हर्कत । उम्म्म्म्म्हुम्म..! सकिन हेर्न अँखा भरिन थाले । सोझै सामान बोकेको गाडिमा बसेर लागे नयाँ रूम तिर ।
करिब ५ वर्षपछी अाज फेरि उस्कै म्यासेज आयो बिहानै " ह्याप्पी भ्यालेन्टाईन डे, मेरो हजुर ..! हजुरलाई कुरिरहेको छु घरमा, अझै ।" भनेर । साच्चै मनमा एउटा तरङ्ग ल्याईदियो उस्को यो म्यासेजले "घरमा कुरी रहेकी छ।"यो पाली तरङ्ग सङ्ग- सङ्गै अरु नि केही नि लिएर आएको थियो मनमा सायद प्रेम होइन माया कि आकर्षण भनू भने झन होइन मनका कुरा मनैले सुल्झाओस । म भने यहीँ "ह्याप्पी भ्यालेन्टाईन टू यु मन्दिरा" भनेर रिप्लाई दिन सकि रहेको छैन ।