काठमाडौं। आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आज बिहान साढे १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुनेछ ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठक बस्ने छ। जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ ।
त्यसैगरी बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने छ। जसमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडीबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानुनी जटिलता एवं डढेलो तथा हात्ती आतङ्क नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरुसंग छलफल गर्ने कार्यसूची रहेको छ ।
बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ ।
दिउँसो साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने छ। जसमा आगामी बजेट २०८१(०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ।