काठमाडौं। काठमाडौंको डिल्लीबजरस्थित कलेज अफ विजनेश म्यानेजमेन्ट (सिबिएम)ले एसइई दिएर ११ मा भर्ना हुन आउने विद्यार्थीलाई विभिन्न आधारमा छात्रवृत्ति दिने घोषणा गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै कलेजले पाँच देखि छ सय जनासम्मलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको हो।
कलेजले सरकारी विद्यालयमा अध्ययन गरेर आएका, गरिब तथा पिछडिएका वर्ग, जेहेनदार तथा मेहनेती, खेलकुदमा रुचि भएका, संगीत तथा नृत्यमा रुचि भएका र अन्य प्रयोगात्मक विषय तथा कार्यदक्षता हासिल गर्न चाहने विद्यार्थीलाई पाँच करोड बराबरको छात्रवृत्ति दिने भएको हो। माथि उल्लेखित हरेक विधाबाट १०० जनालाई छात्रवृत्ति दिने कलेजले जनाएकाे छ।
छात्रवृत्तिका लागि कलेजले असार १६ गते परीक्षा लिने भएको छ। काठमाडौंमै भएका विद्यार्थीले कलेजमा र काठमाडौं बाहिर भइ तत्काल आउन सम्भव नहुने विद्यार्थीले डिजिटल माध्यमबाट समेत परीक्षा दिन सक्ने व्यवस्था मिलाएको कलेजले जनाएको छ।
पैसाकै कारणले गर्दा कुनै पनि विद्यार्थीले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था नआओस भनेर विगतका वर्षहरुदेखि नै छात्रवृत्ति प्रदान गर्दै आएको कलेजले जनाएको छ।
कलेज अफ विजनेश म्यानेजमेन्टमा कक्षा ११ र १२ मा कम्युटर साइन्स, होटल म्यानेजमेन्ट, व्यवसायीक अध्ययन, फाइनान्स जस्ता विषयहरु अध्यापन गराइन्छ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका वि.वि.एस तथा वि.वि.एम, एम.वि.ए अध्यापन हुन्छ। कलेजमा अध्ययन अध्यापनबाहेक अतिरिक्त क्रियाकलापहरू खेलकुद, गीतसंगीत, नृत्य, राजनीतिक ज्ञानका लागि संसदीय अभ्यास लगायतका गतिविधि, बजेट, सेयर मार्केट, व्यवसाय सञ्चालन लगायतमा समेत अभ्यास गराउने गरेकाे बताइएकाे छ।
२६ औं वर्षमा चलिरहेको कलेज अफ विजनेश अहिले युवा नेतृत्वमा सञ्चालन भइरहेको छ। व्यवस्थापन समितिको रुपमा अधिकांश चार्टड अकाउन्टेन्टहरुले कलेजलाई समय सापेक्ष, समय सान्दर्भिक र विश्वव्यापि रुपमा नेपाली विद्यार्थीको पहिचान हुने गरी शिक्षा प्रदान गरिरहेको कजलेको भनाइ छ।