कविता
सानो छ खेत सानो, छ बारी सानै छ जहान
नगरी काम,पुग्दैन खान, साझ र बिहान ।।
जहान छैनन बारीमा
धान छैनन भकारीमा
बारी झाडी बन्यो
बाउसेको असार अब खाडी बन्यो।।
असार आउदै थियो
गाउँ रितिदै थियो।
नजाउ त बारीको मैकैले बा पालिन्नन
खेतको धानले भकारी त के डाली भरिन्नन।।
आकाश नबर्सिए पनि हुन्छ
आमाले सिमखेतको थोरै टुक्रोमा
बर्सिदै बर्सिदै हिलो बनाएर धान रोपिन।।
यो कृषि, यो असार तस्वीर खिचेर
फेसबुक रंगाउनेहरुको हो
देश मात्रै त कृषिप्रधान हो
यथार्थ, खाएको अन्न, लाएको बस्त्र आदान न हो।
तपाईको माननीयले गर्न सके देशमै सुन फल्छ भनिदिन्छ्न
भाषण देलान, आश्वासन देलान
कृषिमा यति बजेट, मलमा यति, बिउबिजनमा यति भन्छ्न
अनि आफू भारतको भात खाएर
कृषि क्रान्ति गरौं भन्छन।।
हलो नसमाएका होइनन्
खेतका डल्ला नफोरेर होइनन्
म कृषि नै गर्छु भनेर सपना नकोरेर होइनन्
बर्ष भरी जोतिएर उब्जेको अन्नले
परिवार त के घट्टले राम्रोसँग ओइरो पाउदैन।।
मङ्सिरको बाझो जोतेर
काला पहाड हानिएका उनै
असार भेटाउनु छ भन्दै नफर्किएका होइनन्
घरका, बाली पाक्लान र पेटभरि खाउला भनी नपर्खिएका होइनन्
तर, भोकभोकै फर्किन, भोकभोकै पर्खिन
बाचेको छु भनेर, मरिरहनु पर्दोरहेछ।।
गरिबीले देश नभन्ने रहेछ
असार पन्ध्रमा बाहेक
कृषि के छ, कृषक कहाँ छन
तिम्रो सरकारले नभन्ने रहेछ
र त, तिम्रो क्रान्ति नबन्ने रहेछ।।
त्यो तिम्रै सरकार हो
यदि मेरो सरकार हुन्थ्यो त
आज घरभरी जहान हुन्थे
भकारी भरी धान हुन्थे।।
प्रीय! मेरा बाउसे
जादा बाध्यता माथीको बाध्यता र करै करले गए पनि
फर्किदा रहरै रहरमा फर्किनु ल!
फेरि, असारमा कुला जादा
कुलो भाचेको निहुँमा म सग झगडा कसले गर्दिन्छ?