काठमाडौं। यस वर्षको जाडो पनि शुरु भइसकेको छ। हाम्रो शरीरले न्यानो वातावरण र ताता खानेकुरा खोज्न थालिसकेको छ। जाडोको समयमा हामीलाई न काम गर्न मन लाग्छ न उठेर कतै हिँड्न। यस्तो बेला खानपानमा पनि ध्यान दिन सकिएन भने शरीरमा झन समस्या देखिन थाल्छ। जाडो मौसममा खानपानमा धेरै ख्याल गर्नुपर्छ। चिसोका कारण शरीरमा देखिने बिमारबाट टाढा रहन र शरीरलाई न्यानो राख्न पनि खानेकुरामा ध्यान दिनु जरुरी हुन्छ।
शरीरलाई न्यानो राख्न र चिसोबाट बचाउन निम्न खानेकुरा खान सकिन्छ:
गेडागुडी तथा माछा मासु
जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन । साथै छाला रुखो हुनबाट समेत बचाउँछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोबाट बचाउछ ।
दुध तथा अण्डा
अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउँछ ।
चिया, कफि
जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायक हुन्छ ।
लसुन
चिसो भगाउन लसुन पनि एक उपयुक्त खानेकुरा हो। साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ । लसुनको सेनव गर्दा भाइरससंग लड्न समेत मद्दत गर्छ ।
मरिच
चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउँछ ।
जौ, गहुँ र फापर
जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन् ।
तोरिको तेल
कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ ।
आलस र तिल
शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहान बेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।
काजु, पिस्ता र बदाम
काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।
अदुवा, बेसार
सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ ।