काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले आज त्रिचन्द्र बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। उक्त सरसफाई कार्यक्रममा संगठनका कार्यालय सदस्य, सचिवालय सदस्य, केन्द्रीय सदस्य र क्याम्पस कमिटिका सदस्य गरी २५ जना विद्यार्थि नेताको सहभागिता रहेको जनाइएको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल निकटको अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय प्रदेश समितिको आयोजनामा सरसफाइ कार्य सम्पन्न भएको सो संगठनका केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक विरेन्द्र नेपालीले जानकारी दिएका छन्।
उनका अनुसार संगठनले नेपालको शिक्षा क्षेत्रमा विद्यमान बेथितिको विरुद्धमा देशैभर विभिन्न संघर्षका कार्यक्रम चलाइरहेको छ। हाल विश्वविद्यालयमा विद्यमान विभिन्न किसिमका फोहोर सफा गर्नुपर्ने आवश्यकता रहेको औल्याउदै उनले भने “त्रिभुवन विश्वविद्यालय डुङडुङ्ती गन्हाइरहेको फोहारै फोहोरको डंगुर जस्तै भयो । यहाँको फोहोर सफा नगरिकन मुलुक बन्दैन । त्यसैले हामीले सांकेतिक रुपमा सरसफाइका कार्यक्रम सञ्चालन गरिरहेका छौं।”

सरसफाइमा संलग्न विद्यार्थि नेताहरु गोविन्द विष्ट, विरेन्द्र नेपाली लगायत
नेपालीले भने “हामीले हिजो देखि सरफाइका कार्यक्रम सञ्चालन गरेका छौं, हिजो मात्रै हामीले त्रिभुवन विश्वविद्यालयमा सरसफाइ सम्पन्न गर्यौं। आज विद्यार्थि आन्दोलनको गौरवपूर्ण इतिहास बोकेको मुलुककै जेठो क्याम्पस त्रिचन्द्र क्याम्पसमा भव्य रुपमा हामीले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छौं। यसको बहुआयामी अर्थ छ।”
सरसफाइ कार्यक्रम समापनका क्रममा आयोजित कार्यक्रमका सहभागी विद्यार्थि नेताहरुको कोण सभालाई सम्बोधन गर्दै संगठनका सचिवालय सदस्य तथा त्रिवि प्रदेश संयोजक गाबिन्द बिष्टले वर्तमानको शिक्षा प्रणालीले जनताका समस्या समाधान गर्न नसकेको बताए।
उनले भने “माफियाहरुले नेपालको शिक्षा प्रणाली हाकिरहेका छन्। त्रिभुवन विश्वविद्यालय अहिले चाकरबाज नोकरशाहीहरुको कब्जामा छ। हामीलाई यो कुनै कुरा स्वीकार्य छैन। हामीले फोहोर बढारे जसरी माफियाहरुलाई बढार्नुपर्ने छ। चाकरबाज नोकरशाहीहरुलाई ठेगान लगाउनुपर्ने छ। र नेपालको समग्र शिक्षा प्रणालीमा जनताको नियन्त्रण कायम गर्नुपर्ने छ।”

कोण सभालाई सम्बोधन गर्दै संगठनका सचिवालय सदस्य तथा त्रिवि प्रदेश संयोजक गाबिन्द बिष्ट
विद्यार्थि आन्दोलनको गौरवपूर्ण इतिहास रहेको स्मरण गर्दै बिष्टले भने “बेथितिका विरुद्धका विगतका विद्यार्थि आन्दोलन यहि प्राङगणबाट सुरु हुन्थे, आज हामी यहि प्राङगणमा उभिएर दलाल सरकार र त्यसका भरौटेहरुलाई खबरदारी गर्न चाहान्छौं, त्रिभुवन विश्वविद्यालयलाई धरासायी पार्ने र नेपाली विद्यार्थिको भविष्य बर्वाद पार्ने कुनैपनि कर्तुत हाम्रो संगठनलाई स्वीकार्य हुने छैन।”
क्याम्पस प्रमुख प्रा. डा. निलम श्रेष्ठले संगठनको सरसफाई कार्यक्रमबाट आफू उत्साही भएको भन्दै सरसफाइका निम्ति धन्यवाद सहित उक्त कार्यलाई सबै क्याम्पसमा सञ्चालन गर्न सकियो भने अझ राम्रो हुने धारणा व्यक्त गरेको जानकारी संगठनका क्याम्पस जिल्ला संयोजक नेपालीले जानकारी दिएका छन् ।

क्याम्पस प्रमुख सहित विद्यार्थि नेताहरु

फोहोर बोक्दै विद्यार्थि नेता स्टालिन